काठमान्डौ – गायक कृष्णभक्त राईको आवाजमा जीवन हाम्रो केहि पलको मरेपछि सुनसान घाटमा बोलको गीतको रेर्कडिङ कार्य सम्पन्न भएको छ । गायक राईको आफ्नै संगीत तथा राजु सिवाको शब्दमा सजिएको यो गीत काठमाडौ स्थित किङ रेर्कडिङ स्टुडीयोमा रेर्कडिङ सम्पन्न भएको हो ।

करिब तीन दशक भन्दा बढि सांगीतिक क्षेत्रमा समय बिताई सकेका गायक राईले झन्डै पन्ध्रसयभन्दा बढि गीतहरु गाईसकेका छन् । ‘न मुछे आमा दहिमा टिका’, ‘के छ समाचार,’ ‘हावा सर्र’, ‘धानैमा नाच्नु सोल्टिनी’, ‘हाम्रो माया चर्कीएको लगायत गीतहरुबाट लोकप्रियता कमाएका यी गायकको पछिल्लो यो गीतमा माया प्रेम र जिवनको भोगाईहरु समेटिएका छन् । गायक राईको यो गीत चाँडै बजारमा आउने भएको छ ।

जिन्दगीमा बिभिन्न प्रकारका चुनौतीहरु पार गर्दै गीत संगीतमा जिन्दगी समर्पित गरेका यी गायक अब बाकी जिन्दगी यसैमा समर्पित गर्ने बताउछन् । आशा गरौँ गायक राईको यो गीतले पनि दर्शक श्रोताको मन अबस्य जित्ने छ ।

(भिडियो)