काठमाडौं । उत्ताउलो र भड्काउ गीत एवम् प्रस्तुति दिएर एकाएक चर्चामा आएकी ज्योति मगरले जीवन साथी छान्ने क्रममा रहेको बताएकी छिन् । गायिका एवम् मोडल ज्योति मगरको स्वदेश र विदेश दुबैतिर माग बढ्दो छ ।

ज्योति बेलाबेला बिदेश जानुका साथै स्वदेशका विभिन्न कार्यक्रममा सहभागी भइरहेकी हुन्छिन् । उनले कार्यक्रमहरूमा आफ्ना ‘बक्ष’ र तीघ्रा देखाएर केटा तन्नेरीहरूलाई लोभ्याउछिन् भन्ने आरोप छ ।

तर, ज्योतिले सबै आरोपहरू खारेज गर्ने गरेकि छिन् । उनले आफ्नो अलग प्रस्तुति रहने गरेका कारण मोडलिङ र गीतहरूमा माग बढेको दाबी गर्छिन् ।
बिहेका विषयमा उनले भनेकि छिन्, ‘कहिलेसम्म जीवन साथी नै भनेर त छानेको छैन तर, छान्ने क्रममा छु ।’

आफू केटी मान्छे भएका कारण केटाहरूको प्रेम प्रस्तावहरू थुप्रै आउने गरेको ज्योतिले सुनाइन् । ‘केटी मान्छेलाई प्रपोज तट आइहाल्छ नि । तर, जति मानिसहरूले सोचेका छन्, त्यतिचाहिँ आएको छैन । म अलि हक्की स्वभावकी भएका कारण पनि जोकोहीले प्रेम प्रस्ताव राख्ने हिम्मत गर्दैनन् ।’