आषाढको एक शुक्रबार को साँझ बुद्ध चोक बाट डेरामा फर्कने क्रम मा अलि ढिला भो । घर सम्म पुग्न लाई माइक्रो, अनि नगर बस सबैको आवात-जावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यस कारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ ।
2016-05-26_2212
सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?”
“हजुर ।” मैले जवाफ दिएँ ।
“म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिले सम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी ।
मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?”
“धेरै टाढा त हैन, लेकसाईड जरेबर सम्म पुग्नु पर्ने थियो ।” जवाफमा उसले भनी ।
उसको मुखबाट जरेबरचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त जरेबरचोक नै जान लागेको नी !”
“ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ५०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी ।
मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्छे ?
संक्षेपमा भनी – “कलेज पढ्छु ।”
“कतिमा पढ्नुहुन्छ ?” मेरो भद्र प्रश्न थियो ।
उसकोे सरल जवाफ पाएँ – १२
“केहि जबसब पनि गर्नु हुन्छ कि ?” मैले उसलाई सोधेँ ।
धेरै खुल्न नचाहेर होला संक्षेपमै जवाफ फर्र्काई उसले – “खास्सै केहि गर्दिनँ !” र, यस्तो भन्दै गर्दा मुसुक्क मुस्कुराउन पनि बिर्सिने उसले ।
“अनि जरेबरचोक चाँहि किन जान लाग्नु भएको ?” मैले सोधेँ ।
जवाफमा भनिनँ – “मेरो डेरा नै उतै हो ।” अझ बढि जान्न मन लाग्यो त्यस कारण सोधिहालेँ – “को को बस्नुहुन्छ डेरामा ?”
“म मात्रै !” उसले जवाफ फर्काउदै भनी ।
“साँच्ची काम चाँहि केहि गर्नु हुँदैन ?” फेरि जोड दिदै सोधेँ ।
“अम् त्यस्तो खास केहि छैन । कलेज फि तिर्न, यहाँ बस्ने खर्च चलाउन र घरमा भएकी विधुवी आमा र दुई बैनीको पढाई खर्च सघाउनलाई सानो काम चाँहि गर्छु ।” सरसर्ती उसले बताई ।
“सानो काम ?” मैले आश्चर्यता प्रकट गरेँ । किनकी, मलाई अचम्म लाग्नुको कारण मलाई जान्नु थियो त्यो कस्तो सानो काम हो जसले यत्रा धेरै मान्छेको खर्च पु¥याउन सकोस् !
“आई एम अ कर्लगर्ल !” निर्धक्क साथ उसले भनी । अहँ ! ग्लानीबोधको सानो धर्सा पनि उसको मुहारमा झल्किएको देखिनँ मैले । म अवाँक रहेँ ।
धेरै बेर चुप लागेर बसेको देखे पछि उसले आफै सोधी – “विश्वास लागेन हजुरलाई ? अहिले पनि म यहाँ कसैले बोलाएर आएकी थिएँ तर यहाँ आईसकेपछि बोलाउने मान्छेले भन्यो उसकी श्रीमती अचानक माइत बाट फर्की रे भर्खर । त्यसैले डेरामा फर्किन लागेको अहिले ।”

म फेरि पनि निशब्दः रहेँ । तालचोक बाट ट्याक्सी हुत्तिदै हामीनेर आयो । युवतीले आवाज दिईन – “ट्याक्सी..”
“दाईको घर नै यता हो र ?” ट्याक्सी भित्र पस्नु भन्दा अगाडि केहिबेर अगाडि देखि स्थगित वार्तालापलाई पुनः सुचारु गर्दै युवतीले यस्तो प्रश्न गरीँ । जबाफमा मैले भनेँ –“यता हैन । पोखरा बाहिर हो ।”
ट्याक्सी चालकले युवतीलाई हेर्दै सोध्यो – “कहाँ सम्म ?”
मैले जवाफ फर्काएँ – “जरेबरचोक !” असहजिलो तरिकाले उसको दृष्टि मतिर सोझियो ।

ट्याक्सी गुड्दा साथ मलाई उसले मात्र सुन्ने गरेर सानो आवाजमा धेरै कुराहरु सोध्न मन लाग्यो ।
खासमा अघि देखि मलाई खसखस लागेको उसको कामको विषयले निकैबेर घोत्लिन विवश बनाउँदै थियो । त्यहि खसखसका बीच मैले सोधेँ पनि –“यस्तो गरि रहेकोमा रिग्रेशन हुँदैन हजुरलाई ?” मेरो छुच्चो प्रश्नमा थोरै आवेशात्मक जवाफ दिदै भनी – “ह्वाट द फक रिग्रेशन इज ? अनि मैले किन रिग्रेट फिल गर्नुप¥यो ?” चालिस पार गरिसकेको जस्तो लाग्ने ट्याक्सी चालकले हामी तिर एकदम कुटनैतिक नजर लगायो । मलाई थोरै असहज महशुस भो ।

“हजुरलाई हर्ट गरे हैं ? माफ गर्नु ल मलाई । आई एम सरी ल!” गल्ती गरे पछि म सधैं यस्तै विनित भावमा प्रस्तुत हुन्छु । धेरैले भन्ने गरेका पनि छन्, माफी माग्दै गर्दाको क्षण म निकै नै माया लाग्दो रुपमा प्रस्तुत हुन्छु । उसले पनि मेरो टिठ लाग्दो भावलाई देखेरै नै माफ गरेको हुनुपर्छ, भनी – “हैन हैन इट्स ओके । हजुर मात्र हैन, धेरै भद्र मान्छेहरुलाई जब म मेरा सत्यताहरु लुकाउँदिन उनीहरुका प्रश्नहरु हजुरकै जस्तै हुन्छन् – तिमीलाई रिग्रेशन फिल हुँदैन ?”
केहि बेर सन्नाटा छायो । अनि मेरा आँखाहरू झ्याल बाहिर हुत्तिए । चालकले एफ. एम. बजायो, बाराही एफ.एम.मा गीत बजिरहेथ्यो – फेरि त्यो दिन सम्झन चाहन्नँ ..।
उसले चालकलाई आग्रह गर्दै भनिनँ – “दाई, भोलुम अलि सानो पार्नु न !” ड्राइभरले त्यसै ग¥यो ।
त्यसै मौकामा मैले उसलाई हेरेँ अनि उनी चुपचाप बसेकोमा असन्तुष्टि पनि पोखेँ – “हैन, किन यस्तो चुपचाप बस्नु भएको ? के भयो ?”
केही नभएको जानकारी दिदै बोली – “हैन केहि भएको छैन ।”
एक छिन पछि फेरि वार्ता सुचारू गर्दै उसले प्रश्न गरी – “हजुर म्यारिड हो ?”
मैले निर्धक्क भनेँ – “नो, नो, स्टील ब्याचलर्स !”
“गर्लफ्रेन्ड नि ?” ख्वै किन यस्तो प्रश्न गरी मैले बुझिनँ । तैपनि जवाफ दिएँ – “पहिले थिई, अहिले छैने !”
“मेरो जस्तै ठ्याक्कै ! झन मेरो त अफेयर शुरु भएको तीन महिना मै ब्रेकअप भा’को नी ।”
मैले जान्न चाहेँ – “अनि अहिले चाँहि?”
लिपिष्टकले रात्तिएका ओठबाट बिन्दास जवाफ निस्क्यो – “सिंगल, टोटल्ली फ्रिडम । मस्त जिन्दगी !”
मलाई मन-मनै लाग्यो, केटी मज्जाकी नै हो । मान्छे पनि सारै नै सुन्दरी हो । चल्तीका मोडल र नायिकाहरुको भन्दा कुनै पनि कुरामा कम लागेन । मुहार धपक्कै बलेको छ । केश लामो छैन त के भो ? सर्लक्कको छ । आँखा पनि डोलमडोल कति राम्रा ? नाक पनि खास खोट लगाउने ठाउँ नै भेटिन् । मान्छे सिनित्त परेकी छे । तर कर्ल गर्ल हो भन्ने सत्य दिमागमा आउँदा साथ झसंग भएँ ।
जरेबरचोकमै आएपछि ट्याक्सी रोकियो । मैले दुवैको भागको पैसा दिन खोज्दै थिएँ, युवतीले रोकी । र, भनी – “नो, नो, फिप्टी फिप्टी !” युवतीको हातबाट दुई सय पचास र म बाट पनि उत्तीकै पैसा समातेर ड्राइभरले ट्याक्सी अगाडि बढायो । ट्याक्सी गई सकेपछि युवतीले मतिर हेर्दै भनी – हतार छैन भने हिड्नुस, मेरो डेरामा । खाना खाएर निस्किनु होला !

मोबाइलमा हेरेँ, साढे नौ बज्दै थियो । डेरा मा गयर पनि आफैले बनायर खानु पर्ने मान्छे म ठिकै छ जाउ न त भनेर केही नबोली उसको पछि पछि लागेँ । चोकबाट ५ मिनेट जति पश्चिम तिरको गल्लीमा हिडे पछि उसको डेरामा पुगियो । बस्तीमा चूक झैं चकमन्न रात घोप्टिएको थियो । धेरैका घरमा बत्ती निभी सकेका थिए । उसले कोठाको ताल्चा खोली र स्वीच अन गरी । इन्भर्टरबाट बलेका मधुरा चिमको प्रकाशमा उसले भुत्भुतिदै भनी – “लोडसेडिङ छैन भन्नु त गफै मात्र भो, हल्का हुरी-बतास चल्दा बित्तिकै बत्ती गैहाल्ने !”

चारतले घरको भुँइतलामा उसले भाडामा दुईवटा कोठा लिएकी रहिछे । एउटा भान्छा र अर्को चाँहि सुत्ने कोठा ! भान्छा कोठाको भित्र बाटै सुत्ने कोठामा जानलाई ढोका रहेछ । कोठा भित्र छिरे पछि, ऊ चाँहि आफ्नो सुत्ने कोठामा छिर्दै भनी – “एकछिन पर्खिनुस है, म ड्रेस चेन्ज गरेर आउँछु ।” मैले स्वीकृति सूचक मुन्टो हल्लाएर “ल, हुन्छ” को ईशारा गरेँ । ऊ भित्र छिरेको पाँच मिनेटमा नै म्याक्सी लगाएर भान्छामा आई ।

आउँदा बित्तिकै केहि नसोधी ग्यास चुलोमा दूध चिया बसाली । अनि मलाई भनी – “पहिले चिया पिऔं हैं !” मैले नाइँ-नास्ती गरिनँ । हुन्छ को भावमा मुस्कुराएँ ।
अनि म तिर पुलुक्क हेर्दै उसले भनी –“लौ, चिया हेर्नु है त, उम्लेला नी ! म बाहिर सरकारी धाराको पानी लिएर आउँछु ।” ठ्याक्कै मेरो काकी ले काकालाई अ¥हाए झैं उसले मलाई काम लगाई । मलाई अप्ठेरो लाग्यो ।
”कति टाइम लाग्ने हो ?” मैले हतास हुँदै भनेँ ।
जवाफ दिदै भनी – “यहि बाहिर के, घरकै कम्पाउन्ड भित्रै त हो, अहिले दश बजे पछि फेरि पानी बन्द हुन्छ !” नीलो रंगको एउटा बाल्टीन र तीन वटा जम्बो कोकको बोतल समातेर ऊ भान्छा बाहिर गई ।
पानी लिएर फर्कन पाँचै मिनेट पनि लागेन उसलाई ।
चिया उम्लेकाले मैले ग्यास चूल्हो बन्द गरि सकेको थिएँ । “ए, चिया पाकि सक्यो ?” पहिलो खेप पानी ल्याए पछि उसले भनी । यो पाली चाँहि आवाज निस्क्यो मेरो, भनेँ – “अँ, पाक्यो !”
“हजुर चिया राख्दै गर्नुस् म पानी लिन आउँछु ।” भन्दै, ऊ फुत्त बाहिर गई ।

हाम्रो चिया गफ-गाफ शुरु भो । उसले चिया पिउने क्रममै आलु ताछ्ने र काउली केलाउने काम समेत भ्याई । इन्भर्टरको उज्यालोमा उसको मुहार चम्किरहेको मैले राम्ररी नै देख्न पाएँ । उसले थाहा नपाउने गरी एकटक
मैले उसलाई हेरिरहेँ । बिच-बिचमा उसले मेरा ब्यक्तिगत कुराहरु सोधी । मैले कुरा नलुकाई खुलस्त पारि दिएँ । सोधेकी थिई – घरमा को को हुनुहुन्छ ? भनेँ – सबै थिय तर अहिले एक्लो छोरो जस्तै हुँ । अनि सोधी – बुबा आमा के गर्नुहुन्छ ? भनेँ – बुबा आर्कै सन्सार मा जानुभयको छ , आमा घर मा हुनुहुन्छ । र, उसले अलिकति असहज लाग्ने कुरो पनि अरी – “हजुर ब्याचलर मात्र कि भर्जिन पनि ?” उसको यो प्रश्नले म एकदम सन्न भएँ । झन प्रश्न गरे पछि उसले यति कामुक तरिकाले आँखा सन्काई कि लाग्यो – केहि नसोचेर गर्लम्मै अङगालो हालूँ ! मैले केहि पनि बोलिनँ, र उसले पनि फेरि दोहो¥याएर सोधीने । गधा पच्चिसे काट्दै गरेको लक्का जवानले अझै भर्जिनिटी गुमाएको छैन भन्नु, न उसले पत्याउने कुरो थियो न मेरो लागि खास गर्व गर्न लायकको कुरो नै । मनमन पनि यस्तो पनि लाग्यो – मोरीले फेरि नपुङ्शक ठानेर खाना पनि नखुवाई घर पठाउली ! त्यस कारण पनि मैले चुपचाप बस्नु मै उचीत ठानेँ ।

भात पाक्दै गरेको प्रेसरको सिठ्ठी बज्ने र बत्ति आउने एकै पटक भो । देखेँ, उसले आलु र काउली भुट्दै थिई । मैले मोबाईलमा समय हेरेँ । साढे दश बज्दै थियो । मैले टाइम हेरेको पत्तो पाईछ उसले जिस्किदै भनी – “ओहो, किन यस्तो अतालिनु भएको हो ? खाना पाक्दै छ, एकछिन नआत्तिनुस् !” मैले त चाहेको थिएँ, भनोस –“आज यतै बसे भैहाल्यो नी भोली बिहानै जानुहोला ।”
उसले गोलभेडाको चटनी पनि बनाई । उसको भर्भराउँदो वैंश भन्दा कमको देखिएन चटनी । मलाई चखाई पनि । चाखेको स्वादिलो रहिछ ! केहि बेरपछि खाना पस्की दुवै जनालाई, दाल चाँहि बिहानको थियो र उसले तताएकी पनि थिई । उसले तयार पारेको खानाको पहिलो गाँस मुखमा पु¥याउँदै थिएँ, ऊ केही सम्झे झैं गरी, ग्यास चूल्होबाट बायाँ पट्टि तीन हातपरको सानो दराज राखेको ठाउँमा पुगी अनि दराज खोली ।
“साँच्ची गाउँ बाट पठाएको घिउ पनि छ, खानुहोला नी ?” दराज बाट सेतो शिशाको बोतल भरी राखेको घिउ झिकी ।
घिउसँग भात म नकार्नै सक्दिनँ । भनेँ – “भात सँग घिउ पाए पछि कसले नखाला?”
मेरो थालमा दुई चम्ची घिउ थप्दै गर्दा उसले जिस्किएरै भनी – “हजुर जस्ताले घिउ खाएर के गर्नु, बिनासित्ती चड्डीको विजोग !” उसको उत्ताउलो पनले मलाई निस्तेज पारि सकेको थियो । प्रतिक्रिया दिन खोज्दै थिएँ, भातको गाँस सड्कियो । उसले अतालिदै पानी दिई । मैले घटघटी पिउन थाले । सोच्दै – “पाएँ भने तेरो उन्मत्त योवन म यसैगरी घटघटी पिउँछु ।” हाम्रोसंदेशबाट साभार |