साउन-२८, यौनचाहना हुँदैमा त्यसलाई हिस्टेरिया भन्न मिल्दैन। यस विषयमा कुरा गर्नुभन्दा पहिले हिस्टरिया भनेको के हो भन्ने कुरा बुझौं। ग्रीक शब्द ’hystera’ बाट यसको नाम रहेको हो, जसको अर्थ पाठेघर हुन्छ। पहिले-पहिले पाठेघरमा खराबी हुने र यौनसम्पर्कले त्यसलाई निको पार्ने विश्वास गरिने भएकाले उपचारका लागि विवाह गरेपछि ठिक हुन्छ भनिन्थ्यो। त्यसबेला हिस्टेरियालाई यौनेच्छा शान्त गर्न नपाउने स्थिति मानिन्थ्यो।

हिस्टेरिया एउटा मानसिक रोग हो, अहिले फरक रूपमा वर्गीकरण गरिने भए पनि यसलाई ’फेमले ह्य्स्तेरिअ’ पनि भनिन्छ। यसमा अति नै भय मान्ने र आतंकित हुने स्थिति हुन्छ तथा विभिन्न किसिमको शारीरिक तथा मानसिक लक्षण देखिन्छन्। डाक्तररका अनुसार यो मानसिक समस्या हो । यसको खास कारण केही हुँदैन, केही समयपछि यो आफैं ठीक हुँदै जान्छ ।