अब भाटभटेनी सुपरमार्केटले आफुलाई चाहिएको सामान घर मै डेलिभरी गर्ने


काठमाडौं, १३ चैत । देश कै ठुलो सुपरमार्केट भाटभटेनी सुपरमार्केटले आफ्ना उपभोक्ताहरुलाई  घर मै समान डेलिभरी गरेर सेवा दिने भएको छ । कोरोना भाइरसको संक्रमणलाइ रोकना देश पुरा लकडाउन भएको बेला आफ्ना ग्राहकहरुलाई अत्यावश्यक वस्तुहरु अब घर घर मै पुर्याउने घोषणा गरेको हो ।

उपभोग्यवस्तु अभाव हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै ठूला सुप्परमार्केटलाई खुला राख्न तथा डेलीभरी सेवा थाल्न आग्रह गरेपछी भाटभटेनीले उक्त निर्णय गरेको हो । आफुलाई चाहिने समानको लागी भाटभटेनी सुपरमार्केटको फोन, भाईबर, ह्वाट्स्याप तथा फेसबुक मार्फत सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस