हङकङमा पनि एक नेपालीमा कोरोना भाइरस पोजिटिभ


काठमाडौं, १३ चैत । विश्वभर माहामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड -१९ ले अहिले विश्व आतंकित छ । यसै बीच देश तथा विदेशमा नेपालीहरु पनि यस भाइरसबाट संक्रमित हुने क्रम बढेको छ । यसै बीच हङकङमा एक नेपालीमा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

संक्रमितको परिचय नखुलाइए पनि हङकङस्थित नेपाली महाबाणिज्य दूताबासले यसको पुष्टि गरेको हो । उनको अहिले नर्थ डिष्ट्रिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ। संक्रमित नेपाली हङकङकै चर्चित नाइट हव लाङ्काई फोङ्मा बार कार्यरत थिए ।

हङकङमा हालसम्म ४ सय ५३ जना संक्रमित र ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस