आज बेलुका आकाशमा ठुलो आवाज निकाल्दै ज्वाला जस्तो अनौठो बस्तु चम्किदै पश्चिम तर्फ गयो (फोटोसहित)


काठमाडौँ, १३ चैत्र । आज बिहिबार पश्चिम नेपालको आकाशमा ज्वाला जस्तो बस्तु देखिएको छ । प्रत्यक्षदर्शीका अनुसार ठुलो आवाज निकाल्दै आगोको ज्वाला जस्तै बस्तु पश्चिम दिशा तर्फ गएको बताएका छन ।

गुल्मीका एक स्थानियका अनुसार अर्घाखाँचीतर्फ ज्वाला जस्तो बस्तु आवाज निकाल्दै गएको बताइएको छ । अन्दाजी राती ८ बजेर ९ मिनेट जाँदा म्याग्दीको सदरमुका बेनी तथा छिमेकी जलजला गाउँपालिका क्षेत्रमा केहि सेकेन्ड देखिएको र करिब एक मिनेट पछी ठुलो आवाज आएको जलजला गाउँपालिका–८ नांगीबाङका यूवा रमेश रेग्मी क्षेत्रीले जानकारी दिए ।

अनौठो बस्तुका बारेमा आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन् । अहिले सामाजिक सञ्जालभरी आकाशमा अचम्मको बस्तु देखिएको भन्दै तस्बिरहरु शेयर गरिएको छ ।

तस्विरहरु :

प्रतिक्रिया दिनुहोस