कोरोनाबारे ट्रम्प र सीबीच वार्ता, ट्रंपले भने -चीनसँग मिलेर काम गर्न तयार छु’


एजेन्सी, १४ चैत । कोरोना भाइरसका कारण मुलुकले संकट भोगिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङले वार्ता गरेका छन् ।

दुई शक्ति देशका राष्ट्रपतिले कोरोना भाइरको रोकथामका लागि वार्ता गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीटरमा भनेका छन्, ‘भर्खर चीनका राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न धेरै राम्रो प्रयास गरिरहेको छ । हामी सँगसँगै काम गरिरहेका छौं ।’

केही समय अघि राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीन अमेरिकासँग रुष्ट बनेको थियो । तर अहिले अमेरिकाले नै चीनसँग वार्ता गर्ने प्रयास गरेपछि चीन सकारात्मक बनेको छ ।

प्रतिक्रिया दिनुहोस