होम क्वारेन्टाइनमा बसिरहेका नायक प्रदिप खड्काले कोरोनाबाट बच्न सबैलाई गरे यस्तो आग्रह (भिडियोसहित)


काठमाडौं, १४ चैत । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत मंगलबारबाट देशभर ‘लक,डाउन’ गरेको छ । सरकारले गरेको ‘लक,डाउन’ को निर्णयलाई कलाकारले पनि साथ दिएका छन् । यो समयमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन धेरै सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई आग्रह गरिरहेका छन् ।

यसै क्रममा पछिल्लो समयका हिट अभिनेता प्रदीप खड्काले पनि सरकारले गरेको ‘लकडाउन’ को निर्णयलाई स्वागत गर्दै सम्पूर्ण नेपालीलाई घरमै बसेर उच्च सर्तकता अपनाउन अपिल गरेका छन् ।

प्रदीपले एक भिडियो सन्देशमार्फत् उच्च सर्तकता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका हुन् । सन्देशमा प्रदीपले भनेका छन्, ‘यदी कसैलाई कोरोनाको लक्षण देखिएको छ भने सर्तक रहनुस् । आइसोलेसनमा बस्नुस् । अहिलेको अवस्थामा आफूले आफूलाई जोगाऊँ । भीडभाडबाट आफूलाई टाढा राख्नुहोस् ।’

थप भिडियोमा हेर्नुहोस-

प्रतिक्रिया दिनुहोस