विवादकाबीच खेलाडी र कर्मचारीको तलब काट्ने निष्कर्षमै पुग्यो बार्सिलोना


एजेन्सी, १४ चैत । स्पेनिस क्लब बार्सिलोनाले खेडालीको तलब काट्ने भएको छ । खेलाडी र व्‍यवस्थापकबीच तलब कटौतीका विषयमा विवाद भइरहेकै अवस्थामा व्यवस्थापन पक्ष भने खेलाडीको तलब कटौती गर्ने निष्कर्षमा पुगेको हो ।

यद्यपि, यो विषय अझै टुंगोमा पुगेको छैन । खेलाडीसँग दुई दिनदेखि यो विषयमा छलफल गर्दा खेलाडीबाट सकारात्मक जवाफ नआएपछि क्लब व्‍यवस्थापकले आफ्नो योजनाअनुसार नै अगाडि बढ्ने बताएको छ ।

जोसेप मारियाले क्लवको आर्थिक अवस्थालाई व्‍वस्थापन गर्नका लागि यो निर्णय गर्न लागेको बताए । उनले कोरोनाका कारण अहिले क्लब आर्थिक कठिनाईमा रहेको र तत्काल त्यसलाई व्‍यवस्थापन गर्न खेलाडीको तलब कटौतीभन्दा अर्को विकल्प नभएको बताए ।

प्रतियोगिता नहुँदा ५० प्रतिशत तलब कटौती गर्ने फिफाको प्रस्ताव अनुसार बार्सिलोनाले खेलाडीसँग प्रस्ताव राखेको थियो । जसमा ७० प्रतिशत तलब कटौती गर्ने बताइएको थियो । जसमा खेलाडी असन्तुष्ट रहेका छन् ।

बार्सिलोनाले विभिन्न टिमहरुलाई ५ सय ९३ मिलियन पाउण्डभन्दा बढी रकम खर्च गर्नुपर्छ । त्यसमा फुटबल टिममा मात्र चार सय ६८ मिलियन पाउण्ड खर्च हुन्छ । फुटबल खेलाडीमा सबै भन्दा धेरै लियोनल मेस्सीले साताको ५ लाख पाउण्ड तलब खान्छन् । त्यो पनि विना बोनस र इमेज राइट्स । यसमा कर पनि समावेश हुँदैन ।

यस्तै एन्टोइन ग्रिजमनले साताको दुई लाख ९४ हजार, लुइस स्वारेजले दुई लाख ९० हजार जेरार्ड पिकेले २० हजार पाउण्ड साताको लिने गर्छन ।

प्रतिक्रिया दिनुहोस