दुबईमा फेरी दुई नेपाली कोरोना सं’क्रमित


काठमाडौं, १५ चैत । दुबईमा कार्यरत अन्य दुई नेपालीमा पनि कोरानो भाइरसको संक्रमण देखिएको छ । शुक्रबार भएको स्वास्थ्य परीक्षणका क्रममा दुई जना नेपालीलाई समेत कारोना भाइरस पोजिटिभ देखिएको हो ।

पछिल्लो तथ्यांक अनुसार दुबईमा कोरोना भाइरस पोजिटिभ देखिनेको संख्या चार सय पाँच पुगेको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारमा शुक्रबार थप ७२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

१८ देशका १/१ नागरिकलाई शुक्रबार भएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो । नेपाल र इथोपियाका २/२ जनालाई संक्रमण देखिएको गल्फ न्युजले जनाएको छ ।

संक्रमितमध्ये हालसम्म ५५ जनालाई उपचारपछि निको भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस