न्युज २४ मा अन्तर्वार्ता दिंदादिंदै पत्रकारको प्रश्न सोध्ने शैलीसँग रुष्ट हुँदै बिचमै कार्यक्रम छोडेर हिँडे राप्रपा अध्यक्ष कमल थापा (भिडियो हेर्नुस्)


काठमाडौं, ६ चैत । राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले न्युज २४ मा अन्तरवार्ता दिंदा दिंदै बिचैमा उठेर हिंडेको चर्चा यतिबेला निकै भाइरल बनेको छ । उनले अन्तरवार्ता लिने पत्रकार राजु थापासंग प्रश्नका विषयमा विवाद भएपछि बिचैमा अन्तरवार्ता छोडेर हिडेका हुन् ।

भर्खरै तीन पार्टी मिलेर एक भएको राप्रपाका तीन अध्यक्ष मध्य एक अध्यक्ष थापा हिन्दूराष्ट्र र राजाका विषयमा सोधिएको प्रश्नमा जवाफ दिने क्रममा विवाद भएपछि विचैमा छोडेर हिडेका हुन् ।

उनले आफुलाई प्रश्नको पुरा जवाफ दिन नपाई पत्रकारले बिचैमा रोकेको भन्दै रिसाएका थिए । प्रश्न सोध्ने मान्छेले त्यसको जवाफ सुन्ने धैर्यता नभएको भन्दै उनले अबका प्रश्नको जवाफ नदिने भन्दै रिसाएका थिए । अन्तरवार्ता नसकिदै तपाईको प्रश्नको जवाफ दिन सक्दिन अब अन्तरवार्ता विचैमा रोक्नुस भनेका छन् ।

न्युज २४ टेलिभिजनको ‘टू द प्वाइन्ट’मा कार्यक्रम प्रस्तोता राजु थापासँग उनको यस्तो विवाद भएको हो । प्रस्तोता राजु थापाले अध्यक्ष कमल थापासँग निर्मम तरिकाले राजसंस्था र हिन्दूराष्ट्रका विषयमा प्रश्नहरू सोधेका थिए । उनले हिन्दु राष्ट्र भनेर संविधानमा उल्लेख हुँदा र अहिले नहुँदा हुने फरकका विषयमा प्रश्न गरेका थिए । उनले राखेको प्रश्नकै जवाफ दिँदै गर्दा राजुले विचैमा प्रतिप्रश्न गरेपछि कमल थापा रिसाएका हुन् ।

ती प्रश्नहरूको जवाफ दिन असहज मानिरहेका कमल थापाले प्रस्तोता राजुलाई पूर्वाग्रही भएर प्रश्न सोधेको भन्दै आक्रोश पोखे । कमल थापाले अन्तिममा अन्तर्वार्ता नै नदिएर स्टुडियोबाट हिँडेका छन् ।

हेर्नुहोस् भिडियो-

प्रतिक्रिया दिनुहोस