भोगीराज चाम्लिङद्वारा सङ्कलित तथा सम्पादित पुस्तक मुन्दुम’ प्रकाशित


काठमाडौँ, ४ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘मुन्दुम’ प्रकाशनमा ल्याएको छ ।

‘मुन्दुम’ किराँत राई जातिमा अकाल मृत्यु भएकालाई चिन्ता पर्दा गाइने रिसिया अर्थात् श्लोक हो । भोगीराज चाम्लिङद्वारा सङ्कलित तथा सम्पादित पुस्तकलाई नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा साहित्य विभागले प्रकाशनमा ल्याएको हो । किराँत राई जातिको मौखिक ज्ञान मानिने मुन्दुम हाल लोपोन्मुख अवस्थामा पुगेकाले प्रकाशनमा ल्याइएको प्रतिष्ठानका सञ्चार संयोजक शशी लुमम्बुले बताउनुभयो ।

१८४ पृष्ठको उक्त ग्रन्थमा मुन्दुम र मृत्यु संस्कार, विधि र प्रक्रिया, धामी र वेइटुङबीचको संवाद, मुन्दुम रिसिया अर्थात् श्लोक चाम्लिङ नेपाली भाषामा लिप्यान्तरण गरिनुका साथै मृत्यु संस्कारमा चाहिने सामग्रीसमेतको विवरण समावेश गरिएको छ ।

किराँत चाम्लिङ राई जातिमा परम्परादेखि चलिआएका परम्परागत जातीय संस्कार र संस्कृतिबारे चासो राख्ने सबैका लागि ग्रन्थ उपयोगी बन्ने देखिन्छ । ग्रन्थ प्रज्ञा भवनको बिक्री कक्षमा उपलब्ध छ । रासस

प्रतिक्रिया दिनुहोस