स्याङ्जामा ३९८ जना क्वारेन्टाइनमा, एक जना घर फिर्ता


स्याङ्जा, १६ चैत । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न क्वारेन्टाइनमा राखिएकाको संख्या शनिबारसम्म स्याङ्जामा करीब चार सय पुगेको छ । क्वारेन्टाइनमा बस्दै आएका एक जना भने घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाका ११ वटै पालिकामा विभिन्न स्थानमा निर्माण गरिएका होम क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा बस्नेको संख्या ३९८ पुगेको हो ।

तीमध्ये २७ जना क्वारेन्टाइनमा छन् भने एक जना सेल्फ क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक रुपमा बढ्दै गएको र विदेशबाट आउनेको गाउँगाउँमा पुगेर खोज्ने कार्य चलिरहेकाले उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

यसैबीच लकडाउनको अवज्ञा गरेर सवारी साधन चलाउने तीन कार र तीन मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी दिँदै भण्डारीले लकडाउनको पूर्णपालना गरेर सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस
अर्थ
धर्म दर्शन