बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत ३४ वर्षीय युवकको मृत्यु, ६ गते दुबईबाट आएको दाबी


बुटवल, १६ चैत्र । बुटवलको एक अस्थायी आइसोलेसन अस्पतालमा एक ३४ वर्षीय युवकको मृत्यु भएको छ । छिमेकीका अनुसार उनि गत चैत्र ६ गते मात्र दुबईबाट आएका थिए । तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार ती व्यक्ति चैत १० गते मात्र दुबईबाट नेपाल आएका हुन ।

उनको उपचार कै क्रममा आइतबार दिउसो करिब १ बजे मृत्यु भएको थियो । तर उनको मृत्यु कोभिड-१९ संक्रमण वा अरु रोगका कारण भएको भन्ने पुष्टि भइनसकेको डाक्टर बताउछन । मृतकको स्वाबलाई आज मात्रै काठमाडौँ पथाइएको छ ।

गत चैत्र १३ गते स्वास फेर्न निक्कै गाह्रो भएपछि उनि अस्पताल भर्ना भएका थिए । दिन प्रतिदिन उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछी काठमाडौँ लैजाने तयारी हुदै गर्दा उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस