कोरोना नियन्त्रण कोषलाई चलचित्र कलाकार संघको १ लाख एक हजार रुपैयाँ सहयोग


काठमाडौं, १६ चैत । चलचित्र कलाकार संघले कोरोना राहत कोषमा १ लाख एक हजार रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संघले उक्त सहयोग गर्ने भएको हो ।

आइतबार चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक वक्तव्य जारी गर्दै नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा १ लाख एक हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको बताएका हुन् ।

चलचित्र कलाकार संघले कोरोना सं’क्रमणबाट बच्नका लागि क्वारेन्टाइनमा बस्न, साबुन पानीले हात धुन तथा सेनेटाइजर प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।

त्यस्तै, कसैलाई सं’क्रमणको लक्ष्यण देखिएमा वा शंका लागेमा तोकिएको निकायमा खबर गर्न आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस