स्याङ्जा ब’म’का’ण्डका नायक तथा ७८ वर्षीय कांग्रेस नेता रेग्मीको नि’धन


स्यांङ्जा, १६ चैत । कांग्रेस नेता सूर्यप्रसाद रेग्मीको नि’धन भएको छ । स्याङ्जा ब’म’का’ण्डका रक्त हस्ताक्षरकर्तासमेत रहेका ७८ वर्षीय रेग्मीको वालिङ २ स्थित आफ्नै निवासमा नि’धन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनि लामो समयदेखि रक्तचापबाट पी’डित थिए ।

वि.सं. २०३१ को स्याङ्जा ब’म’का’ण्डका नायक तथा बीपी कोइरालाको प्रवासकालीन अनुयायी र निष्ठावान् लोकतान्त्रिक आन्दोलनका रुपमा स्थापित नेताको नि’धनले अपूरणीय क्षति पुगेको काँग्रेस स्याङ्जाका सभापति बुद्धिबहादुर रानाले बताए ।

वि.सं. २०२८ मा तत्कालीन पञ्चायती शासनका विरुद्धमा रगतले हस्ताक्षर गरी आन्दोलनमा लाग्ने टोलीमध्येका एक उनी पनि थिए ।

रेग्मी केही महीना अघि भएको राष्ट्रियसभाको निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार भई पराजित भएका थिए ।

रेग्मीका श्रीमती र दुई छोरी छन् । सोमबार रेग्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिपछि रामनदीधाम राम्दीमा दा’ह सं स्कार गरिने काँग्रेस स्याङ्जाका सभापति रानाले बताए ।

प्रतिक्रिया दिनुहोस