जापानमा कोरोना सं’क्रमितको संख्या बढ्यो, नेपाली चिन्तित


काठमाडौं, १७ चैत । पछिल्ला समय जापानमा कोरोना भाइरसको सं’क्रमण बढेसँगै त्याहाँका नेपाली व्यवसायी र नेपालीहरु चिन्तित हुन थालेका छन् ।

पछिल्लो विवरणअनुसार जापानमा एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा सं’क्रमण फैलन थालेको छ । युरोप, अमेरिकालगायतका देशको तुलनामा जापानमा सं’क्रमितको संख्या अहिलेसम्म कम भएपनि पछिल्लो ७२ घण्टामा भएको वृद्धिले आम मानिसमा त्रास फैलिएको हो ।

हालसम्म जापनमा सं’क्रमणका कारण ६५ जनाको मृ’त्यु भइसकेकोे छ भने सं’क्रमितको संख्या झण्डै २ हजार ५ सय ३९ पुुगेको छ ।

जापानको राष्ट्रिय फुल साकुरा फुल्ने यो मौसममा यहाँको हावापानी उत्तम मानिन्छ र यो समय जापानीजले समूह बनाएर साकुुरा हेर्न भन्दै विभिन्न पार्कमा पुुगी रमाइलो गर्ने समय हो । यसलाई यहाँ हानामी भनिन्छ । यही कारणले पनि अहिले भीडभाड बढेसँगै जापानको राजधानी टोकियोमा भाइरस वृद्धि हुने खतरा बढेको हो ।

टोकियोका गभर्नर युुरिको कौइकोले अवस्था अत्यन्त संवेदनशील र जटिलतातर्फ मोडिएको भन्दै भाइरस नियन्त्रण नहुुँदासम्म संयमता अपनाउन अपिल गरेका छन् ।

जापानमा विभिन्न कारणले स्थायी र अस्थायी रुपमा यहाँ बस्दै आएका नेपालीको संख्या झण्डै एक लाखको हाराहारीमा छ । संयोगवश अहिलेसम्म भाइरसको सं’क्रमणका कारण कुुनै पन नेपालीलाई भएको जानकारीमा नआएको गैहआवासीय नेपाली संघ (एनआरएनए), जापानकी सदस्य एलिजा केसी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस