आज फेरी बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति पुग्यो? (तालिकामा हेर्नुहोस्)


काठमाडौं, १७ चैत । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार अमेरिकी डलरसहित धेरै देशको विनियमदर बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ९१ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ६६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५५पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस