आइपिएल २०२० रद्द हुने प्रवल सम्भावना


एजेन्सी, १७ चैत । तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० रद्द हुने सम्भावना बढेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आइपिएलको विषयमा आगामी १० दिन भित्रमा निर्णय लिनेछ ।

भारतले निकट भविष्यमै अन्तर्राष्ट्रिय उडानलाई अनुमति नदिने भएकाले विदेशी खेलाडी भारत आउने छैनन् ।

यस्तै अप्रिल-मेमा आयोजना हुन नसके आइपिएल अरु महिनामा आयोजना गर्नका लागि बिसिसिआईसँग कुनै विकल्प छैन ।

भारतमा जारी २१ दिनको लकडाउन अप्रिल १४ मा सकिनेछ । त्यसपछि पनि धेरै चिजमा प्रतिबन्ध लाग्ने भएकाले कतिपयले आइपिएल रद्द गर्नुको विकल्प नभएको बताएका छन् ।

यता ओलम्पिक समेत स्थगित भएको अवस्थामा आइपिएल रद्द गर्न नसक्नु मूर्खता हुने पनि विश्लेषकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस