कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका युवकको मृत्यु, रिपोर्ट आउन बाँकी


काठमाडौं, १७ चैत । कोरोनाको आशंकामा ललितपुरको पाटन अस्पतालमा भर्ना भएका एक युवकको मृ’त्यु भएको छ ।

भारतीय सेनामा कार्यारत उनी १४ गते नेपाल फर्केको र फर्केपछि दुई दिनयता ज्वरो आएपछि अस्पताल पुगेर स्वास्थ्य परिक्षण गराइरहेको समयमा नै निधन भएको अस्पतालले जनाएको छ ।

धादिङबाट पाटन अस्पताल रिफर गरिएका ति युवालाई आइसियुमा राखेर उपचार गर्ने क्रममा निधन भएको बताइएको छ । यद्यपी उनको मृत्यु के कारणले भयो भन्ने बारेमा भने अझै रिर्पोट आइसकेको छैन ।

यसअघि आइतबार बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेशनमा उपचाररत ३४ वर्षीय एक व्यक्तिको पनि मृ’त्यु भएको थियो । यद्यपी उनको आज आएको रिपोर्टमा भने कोरोना नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस