फिलिपिन्सबाट जापानका लागि कोरोनाको स्वास्थ्य सामाग्री बोकेर उडन लागेको विमान दुर्घटना, ८ को मृ’त्यु


एजेन्सी, १७ चैत । फिलिपिन्समा कोरोना बिशेष स्वास्थ्य सामग्री बोकेको हवाईजहाज दुर्घटना हुदा ८ जनाको ज्या’न गएको छ । टोकियोका लागि उड्न लागेको विमान टेक अफ गर्ने क्रममै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा सवार सबै ८ जनाको ज्या’न गएको बताइएको छ ।

आइतबार राति राजधानी मनिलाको निनो एक्विनो अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको टोकियोका लागि उड्न लागेको विमान दुर्घटना भएको हो । दुर्घटनामा मृ’त्यु हुनेमा दुई विदेशीसहित ६ फिलिपिनो नागरिक रहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेरिकी र क्यानेडेली नागरिकसहित एक डाक्टर, एक नर्स रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार विमानमा रनवेमै आ’गो लागेको र विस्फोट पश्चात् झन् ठुलो आ’ग’ला’गी भएको थियो ।

प्रतिक्रिया दिनुहोस