टर्किस फुटबलर रेकबर कोरोना सं’क्रमित, अवस्था चिन्ताजनक


एजेन्सी, १७ चैत । बार्सिलोनाका पूर्व गोलरक्षकसमेत रहेका टर्किस फुटबलर रुस्तु रेकबरलाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । उनको उपचार भैरहेको र अवस्था चिन्ताजनकरहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले उल्लेख गरेका छन् ।

४६ वर्षीय रुस्तु, टर्की सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म पुग्दा टोलिका महत्वपुर्ण सदस्य रहेका थिए । रुस्तुको नाममा टर्कीका लागि सर्वाधिक पटक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने कीर्तिमान पनि रहेको छ ।

रुस्तुकी श्रीमति इसिल रेकबरले भनेकी छिन्- तिव्र गतिमा विकसित लक्षणका कारण हामी स्तब्ध छौँ ।

इसिलसहित रुस्तुका दुई सन्तानमा भने कोरोना सं’क्रमण नरहेको जनाइएको छ । बेसिकटासका लागि पाँच वर्ष व्यावशायीक फुटबल खेलेपछि रुस्तुले सन् २०१२ मा खेलाडि जिवनबाट सन्याश लिएका थिए ।

स्पेनिस क्लब बार्सिलोनाले रुस्तुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस