वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित, पीपीई लगायत सुरक्षा उपकरण चाँडो उपलब्ध गराउन माग


धरान, १७ चैत । कोरोना भाइरस सं’क्रमणको उपचारमा खटिँदा आवश्यक सुरक्षाका वस्तुहरु उपलव्ध नगराएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

पीपीई लगायतका आवश्यक सामाग्रीहरु उपलव्ध नगराएको भन्दै उनीहरु आ’क्रोशित भएका हुन् ।

कोरोना सं’क्रमणको आशंका गरिएकाहरुको उपचारमा अग्रपंक्तिमा रहने नर्स तथा कर्मचारीहरुलाई अति आवश्यक पीपीई अर्थात पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट उपलब्ध नगराउँदा आफ्नो तथा परीवारकै स्वास्थ्य जोखिममा परेको स्टाफ नर्सहरुले बताएका छन् ।

आइतबार प्रतिष्ठानका कार्यवाहक उपकुलपतिलाई अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध गराउन माग गर्दै उनीहरुले आफुहरु सामान्य मास्क लगाएर काम गरिरहेको बताएका छन् ।

प्रतिष्ठानका नर्सहरुले प्रतिष्ठानसमक्ष चाँडोभन्दा चाँडो पीपीई उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले आफ्नो तथा परीवारको समेत स्वास्थ्य विमाको माग गरेका छन् ।

आइतबार उनीहरुले प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई लिखित निवेदन दिँदै सुरक्षा सामग्री उपलब्ध गराउन उनीहरुलर् माग गरे ।

प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.खनालले उपचारमा खटिइएका सबै स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री उपलब्ध गराउन प्रतिष्ठान लागिपरेको भएपनि पीपीई सबैतिर अभाव भएकोले समस्या भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस