कोरोना भाइरस डढेलोसरी फैलिएपछि अमेरिकाबाट चर्चित कलाकार गोपाल नेपाल ‘फिष्टे’ ले यस्तो भिडियो संदेश पठाए (भिडियो हेर्नुस)


काठमाडौं, १७ चैत । विश्व महाशक्ति अमेरिका कोरोना भाइरसको म’हामारीबाट सबैभन्दा आक्रान्त मुलुकहरुको सूचीमा शीर्षस्थानमा पुगेको छ । देशहरुको हिसाबले अहिले विश्वै सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यद्यपि, मृत्यूदर त्यहाँ कम छ ।

अमेरिकामा नेपालीहरु ठूलो संख्यामा छन् । उनीहरु पनि कोरोना प्रभावबाट बाहिर रहने कुरै भएन । अमेरिकामा कति नेपालीलाई कोरोना सं’क्रमण भएको छ भन्ने कुनै आधिकारिक तथ्यांक छैन । यद्यपि, कोरोनाले एकजना नेपालीको मृ’त्यु भएको समाचार आइसकेको छ । कोरोनाको सबैभन्दा बढी प्रभाव रहेको न्यूयोर्कमा पनि ठूलो संख्यामा नेपालीहरु छन् ।

यसैबीच अनलाइनखबरको सम्पर्कमा आएका केही नेपालीले आफूहरु अन्योल र त्रासको अवस्थाबाट गुज्रिरहेको बताए । यसक्रममा अमेरिकाबाट चर्चित कलाकार गोपाल नेपाल ‘फिष्टे’ ले यस्तो भिडियो पठाएका छन्

भिडियो हेर्नुस-

प्रतिक्रिया दिनुहोस