सुडान शान्ति मिसनमा खटिएका प्रमुख सेनानी विष्ट अप्रेशन रुपमा व्रिफिङ गर्दा गर्दै कहिल्यै नउठने गरी ढले !


काठमाडौं, १७ चैत । नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका क्रममा सुडानमा रहेका बेला हृद’यघा’तका कारण नि’धन भएको छ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा कार्यरत प्रमुख सेनानी विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा अप्रेशन रुपमा व्रिफिङकै क्रममा ढ’लेपछि मृ’त्यु भएको हो ।

हृदयघातबाट नि’धन भएका विष्टको शव अल्फासेरस्थित राष्ट्रसंघीय अस्पालमा राखिएको छ । उनको श’वलाई सुडानको राजधानी खार्तुमस्थित अस्पतालमा पोष्टमार्टम गरेपछि नेपाल ल्याइने नेपाली सेनाले बताएको छ ।

बिष्टको घर ललितपुरको सानेपा हो । उनका एक छोरा र एक छोरी छन् । विष्टको शव खार्तुममा पोष्टमार्टमपछि संयुक्त राष्ट्रसंघले एयर एम्बुलेन्सबाट नेपाल पठाउने भएको छ ।

विश्‍वमा अहिले कोरोनाको महामारी चलिरहेकाले तत्कालै उनको श’व नेपाल आइपुग्‍न कठिनाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस