दुई जना युवालाई लाठीले हान्ने सशस्त्र प्रहरीमाथि अनुसन्धान गर्न छानबिन समिति गठन


सप्तरी, १७ चैत । लकडाउन उलंघन गरेको भन्दै सप्तरीमा दुई जनामाथि कुटपिट गर्ने सशस्त्र प्रहरीमाथि अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

आइतबार प्रहरी जवानले दुई जनामाथि निर्मम तरिकाले लाठीले हिर्काएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छानबिन सुरु भएको हो ।

उक्त घटनालाई लिएर धेरै गुनासो आएपछि एसएसपी गणेश राणामगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।

छानबिनपछि उनलाई विभागीय कारबाही हुने सशस्त्रका डिआइजी प्रविन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस