७० प्रतिशत तलब कटौती गर्ने क्लबको प्रस्तावमा मेसीको स्वीकारोक्ति


एजेन्सी, १७ चैत । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेसी आफ्नो ७० प्रतिशत तलब कटौती गर्न सहमत भएका छन् ।

कोरोना भाइरसका कारण स्पेनिस ला लिगासहित सम्पूर्ण गतिविधि बन्द भएका कारण क्लबहरु अहिले आर्थिक संकटमा छन् ।

क्लबलाई आर्थिक रुपमा सहयोग गर्नका लागि कोरोनाभाइरसको सं’क्रमण रहुन्जेल आफ्नो तलबको ७० प्रतिशत कटौती गर्न सहमत रहेको मेसीले सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।

उनले आफूमात्र नभइ बार्सिलोनाका सबै खेलाडी तलब कटौती गर्न सहमत रहेको पनि स्पष्ट पारेका छन् ।

यस्तै आवश्यक परे खेलाडीहरु क्लबलाई अरु सहयोग गर्न पनि तयार रहेको मेसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस