दुई जना नि’र्म’मतापूर्वक कु’ट्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित


सप्तरी, १८ चैत । लकडाउनको समयमा दैनिक उपभोग्यको सामाग्री किनेर आएका दुई जना सर्वसाधारणलाई लठ्ठीले कु’ट पि ट गर्ने सशस्त्र प्रहरीका हबल्दारलाई निलम्बन गरिएको छ ।

सोमबार बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सशस्त्र प्रहरीले नि’र्म’मतापूर्वक कु’टेको भिडियो सार्वजनिक भएपछि नेपाल बिओपि रामनगर सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरीलाई निलम्बन गरिएको हो ।

कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण लकडाउन रहेको अवस्थामा खाद्य खरीद गर्ने सर्वसाधारणलाई कु’टने चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रकृया अगाडी बढाएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।

कोरोनाको महामारी रोकथामको लागि खटिरहेका सशस्त्र प्रहरीबल सदैव देशको र देशवासीको सुरक्षाको लागि खटेकोले गलत गर्नेलाई कारवाही गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस