पुर्व राज्यमन्त्री खड्काले दिइन् एक महिनाको घर भाडा छुट


बागलुङ, १८ चैत । बागलुङ नगरपालिका—२ की पूर्व राज्यमन्त्रीसमेत रहेकी चम्पादेवी खड्काले एक महिनाको घरभाडा छुट दिने घोषणा गरेकी छन् । खड्काले आफ्नो घरमा भाडामा बस्नेहरुको एक महिनाको करिब १ लाख ८० हजार रुपैयाँ भाडा छुट गर्ने घोषणा गरेकी हुन् ।

कोरोना सं’क्रमणबाट मानव जाति नै संकटमा परेका बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर खड्काले भाडा छुट गर्ने निर्णय गरेको खबर आजको अन्नपुर्ण पोष्टमा दैनिकमा प्रकाशित छ ।

‘कोरोना भाइरसले अहिले विश्व नै ठप्प छ, सुरक्षाका लागि नेपाल पनि लकडाउन गर्नुपरेपछि अहिले व्यापार व्यवसाय सबै ठप्प छन्,’ उनले भनिन्, ‘यस्तो समस्याको घडीमा हामीले एकले अर्कोलाई सहयोग गर्नुपर्छ । मैले आफ्नो घरमा भाडामा बस्ने तथा पसल सञ्चालन गर्नेहरु सबैको एक महिनाको भाडा छुट दिने निर्णय गरेकी छु ।’

अहिले अमेरिकामा रहेकी खड्काले भान्जा अर्जुन घिमिरेमार्फत एक महिनाको घरभाडा छुट दिने भाडामा बस्दै आएकालाई जानकारी गराएकी छिन् ।

‘उहाँ अहिले अमेरिका हुनुहुन्छ, मैले सबैलाई जानकारी गराइदिएको छु,’ घिमिरेले भने, ‘उहाँको नाममा भएको घर जग्गामा भाडामा रहेका पसल व्यवसायदेखि कोठा भाडासम्मको एक महिनाको भाडा छुट गर्नुभएको हो ।’

संविधानसभा निर्वाचन २०७० मा बागलुङ क्षेत्र १ बाट निर्वाचित तत्कालीन संविधानसभा सदस्य स्वर्गीय हरिबहादुर खड्काको सडक दुर्घटनामा नि’धन भएपछि उनकी धर्मपत्नी चम्पा खड्का राजनीतिमा प्रवेश गरेकी हुन् । पतिको नि’धनपछिको रिक्त स्थानमा भएको उपनिर्वाचनबाट निर्वाचित भएपछि खड्काले गरिबी निवारण तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् । खड्का अहिले कांग्रेसको महासमिति सदस्य छन् ।

उनका दुई छोरा डा। सुदिप खड्का र सुमिस खड्का अमेरिकामा रहेकाले भेटघाटका लागि उनी अमेरिका गएकी हुन् । जेठो छोरा डा। सुदिप चर्चित इबोला भाइरसको औषधि पत्ताा लगाउने टिममा समावेश थिए । अमेरिकामा अनुसन्धान गर्ने खड्काको टोली कोरोनाको उपचारको अनुसन्धानरत छ ।

यसैगरी भक्तपुर निवासी एक भट्टराई दम्पतिले पनि आफ्नो घरमा बस्ने सबैलाई चैत्र महीनाको भाडा नलिने भएका छन् ।

बिश्व भरी फैलिरहेको कोभिड-१९ लाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा रोग संक्रमण हुनबाट जोगाउन गरिएको लकडाउन एकदम उदारणीय कार्य रहेको भन्दै तारा प्रसाद भट्टराई र उनकी श्रीमतीले यस्तो निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस