वीरमा सोमबार मृ’त्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ


काठमाडौं, १८ चैत । वीर अस्पतालमा सोमबार उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीरका डा. विद्यानिधि पौडेलले जानकारी दिए ।

चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृ’त्यु भएपछि कोरोना सं’क्रमण भए नभएको परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस