काभ्रेमा लकडाउनमा बिना काम बाहिर निस्कने १०८ जना प्रहरी नियन्त्रणमा


काठमाडौैं, १८ चैत । काभ्रेमा लकडाउन उल्लंघन गर्ने १०८ जना पक्राउ परेका छन् । लकडाउनको समयमा विना काम सडकमा निस्किएपछि उनीहरुलाई जिल्लाका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

काभ्रेपालञ्चोकका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार मंगलबार दिउँसोसम्म ४२३ वटा मोटरसाइकल र अन्य सवारी साधन ३२ वटा नियन्त्रणमा परेका छन् ।

नियन्त्रणमा लिइएका व्यक्तिलाई सामाजिक दूरी कायम गरेर सचेतनामूलक कक्षा दिने कार्य भइरहेको पौडेलले बताए । उनका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिलाई दिनभर राखी साँझ मात्र छाडिनेछ ।

प्रतिक्रिया दिनुहोस