पाटन अस्पतालमा मृ’त्यु भएका युवकको पनि रिपोर्ट ‘नेगेटिभ’


काठमाडौं, १८ चैत । उपचारका क्रममा पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा मृ’त्यु भएका युवकको पनि कोरोना भाइरस (कोभिड १९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार अस्पताल भर्ना भएका युवाको राति नै उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको थियो ।

केही दिन अगाडि भारतबाट आएर धादिङस्थित गाउँमा बस्दै आएका उनी ज्वरो आएपछि पाटन अस्पताल आइपुगेका थिए ।

पाटन अस्पताल स्रोतका अनुसार उनी मिर्गौलाको समस्याबाट पी’डित थिए । अस्पताल भर्ना हुँदासम्म हिँडडुल गर्न सक्ने अवस्थामा रहेका उनको भर्ना भएकै राति उपचारका क्रममा मृ’त्यु भएको थियो ।

मृ’त्यु भएपछि कोरोना सं’क्रमणको आशंकामा उनको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

तर उनको रिपोर्टमा कोरोना नेगेटिभ भएको देखिएको पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले बताए ।

यसैगरी सोमबार नै बिर अस्पतालमा ज्या’न गु’माएकी सतुङगलकी महिलाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस