मापसे गरि वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई कुट्नेविरुद्ध मु द्दा दर्ता


बैतडी, १८ चैत । पुर्चौडीमा वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई कु’ट’पि’ट गर्ने दुईजनाविरुद्ध मु’द्दा दर्ता भएको छ । पुर्चौडी नगरपालिका ७ का धर्मानन्द बडू र सोही नगर ५ का नरेन्द्र जागरीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मु’द्दा दर्ता गरिएको हो ।

दुवै जनालाई अ’भद्र व्यवहारअन्तर्गत मु’द्दा दर्ता गर्नुका साथै ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

बडूले आइतबार वडा नम्बर ७ का अध्यक्ष रामबहादुर ऐरमाथि कु’ट’पि’ट गरेका र जागरीले कुवाकोट स्वास्थ्य चौकीका अहेव करनसिंह धामीलाई समेत हा’त’पा’त गरेका थिए ।

नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा म’दिरा से’वन गरी होहल्ला गरिरहेका बेला बडूलाई सम्झाउन खोज्दा आइतबार वडाध्यक्ष ऐर कुटिएका हुन् ।

यस्तै चैत १२ गते क्वारेनटाइनमै खटिएका अहेव धामीमाथि आफ्ना परिवारका सदस्यलाई क्वारेन्टाइनमा किन राखेको भनी म’दि’रा से’वन गरी जागरीले कु’ट’पि’ट गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस