दुई जना सं’क्रमित युवतीसँगै जहाजमा आएका एक युवा जुम्लामा फेला परे


जुम्ला, १८ चैत । गत चैत ४ गते कोरोना संक्रमित भनिएकी दुई जना युवतीसँगै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएका १५८ यात्रुमध्ये एक जना जुम्ला पुगेको पत्ता लागेको छ ।

उक्त विमानमा आएका दुई जनालाई कोरोना पुष्टि भएपछि सबैको खोजी तीव्र बनाइएको थियो । यसै क्रममा ति व्यक्ति जुम्ला पुगेको पत्ता लागेको हो ।

कनकासुन्दरीका–३ का ती युवक भारतको नयाँ दिल्लीबाट उक्त जहाजमा चढेका थिए । उनी होम क्‍वारेन्टाइनमा बसिरहेको पत्ता लागेको जिल्ला प्रहरी प्रमुख डीएसपी लालबहादुर धामीले बताए । ती युवालाई प्रहरीले निगरानीमा राखेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस