दुई टाउको भएका जुम्ल्याहालाई २७ घण्टा लामो शल्यक्रियापछि छुट्ट्याउन सफल भएका अमेरिकी न्यूरोसर्जनको कोरोनाबाट नि’धन


न्यूयोर्क, १८ चैत । पछिल्लो समय अमेरिकालाई केन्द्र बनाएको कोरोना भाइरसबाट अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टि गुडरिचको नि’धन भएको छ । जसले इतिहासमै पहिलो पटक टाउको जोडिएका जुम्ल्याहालाई छुट्ट्याएका थिए ।

सोमबार कोरोना भाइरसको सं’क्रमणबाट उनको मृ’त्यु भएको मोन्टेफियर हेल्थ सिस्टमले ट्वीटमार्फत उल्लेख गरेको छ ।

सन् २०१६ मा २७ घण्टा लामो शल्यक्रियपछि टाउको जोडिएका जुम्ल्याहा सन्तानलाई डा गुडरिचले छुट्ट्याएका थिए ।

प्रतिक्रिया दिनुहोस