झन्डै १ महिना लामो लकडाउनले समस्या भए सम्पर्कमा आउन मलेसियास्थित नेपाली दूतावासको आग्रह


क्वालालम्पुर, १८ चैत । कोरोना संक्रमणलाई थप फैलन नदिन मलेसिया सरकारले लगाएको लकडाउनका कारण समस्या भए दूतावासको सम्पर्कमा आउन मलेसियास्थित नेपाली दूतावासले त्यहाँका नेपालीहरूमा आग्रह गरेको छ ।

मलेसिया सरकारले आवागमनमा प्रतिबन्ध लगाएपछि थुप्रै नेपाली श्रमिकहरुको हवाई टिकट रद्द भएको छ। कतिपयको भिसा अवधि सकिने अवस्थामा छ । यस्तो अवस्थाका नेपालीहरूले आफ्नो विवरणसहित दूतावासमा सम्पर्क राख्न दूतावासले आग्रह गरेको हो ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि मलेसियाले १८ मार्चदेखि १४ अप्रिल सम्म लागू हुने गरी गरिएको आवागमन प्रतिबन्ध लगाएको छ । सो समयमा नेपाल फिर्ता हुने टिकट रद्द भएका र यो अवधिमा भिसा सकिने अवस्थाका नेपालीहरुलाई दूतावासमा विवरणसहित उपस्थित हुन आग्रह गरेको बताइएको छ ।

यस्तो अवस्थाका नागरिकले दूतावासमा आफ्नो विवरण २ अप्रिल दिउँसो १ बजेभित्र जानकारी गराउन दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस