कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार नाघ्यो, छिमेकी देश भारतमा ५ दिन मै मृतक र संक्रमितको संख्या दुइ गुणा बढी (कुन देशमा कति)


काठमाडौँ, २६ चैत्र । कोरोना भाइरस कोभिड-१९ को संक्रमितको संख्या विश्वभर १५  लाख १८ हजार ५ सय १८  पुगेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर ज्यान गुमाउनेहरुको संख्या ८८ हजार ४ सय ९५ पुगेको छ । भने ३ लाख ३० हजार ५ सय ८९ निको भएका छन ।

सबै भन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिले सम्म ४ लाख ३४ हजार ९ सय २७ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि १४ हजार ७ सय ८८ पुगेको छ । संक्रमणका कारण अमेरिकामा बुधबार एकै दिन १९ सय २२ जनाको ज्यान गएको  हो। गत मंगलबार पनि १९ सय ७१ जनाको ज्यान गएको थियो। इपिसेंटर मानिएको न्युयोर्कमा सबै भन्दा बढी ६ हजार २ सय ६८ जनाको ज्यान गैसकेको छ ।

सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख ४८ हजार २ सय २०  र १ लाख ३९ हजार ४ सय २२ जनामा संक्रमण देखिएको छ ।

विश्वमा सबै भन्दा बढी ज्यान गुमाउने देश भने इटाली रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १७ हजार ६ सय ६९ ले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने दोश्रो देश स्पेन रहेको छ । जहाँ १४ हजार ७ सय ९२ जनाको मृत्यु भएको छ ।

छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म १७८ जनाको ज्यान गइसकेको छ । भारतमा पछिल्लो पांच दिन मै मृतकको संख्या डबल भएको हो । संक्रमितको संख्या ५ हजार ९ सय १६ पुगेको छ । यो गत ५ दिनमा दुई गुणा बढी हो । भारतमा दिन दिने संक्रमित र मृत्युदर बढेपछि भारत सरकारले लकडाउनलाई थप कडाई गरेको छ ।

नेपालमा पनि ९ जनालाई कोभिड-१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन । बाकी ८ जनाको उपचार भइरहेको छ ।

पुरा देशको तालिका तल हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस