घटेन अमेरिकामा कोरोना संक्रमण र मृत्युदर : अहिले सम्म ७ लाख १० हजार बढी संक्रमित, ३७ हजार बढीको मृत्यु (कुन देशमा कति – अपडेट)


काठमाडौँ, ६ बैशाख । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट अमेरिका सबै भन्दा धेरै संक्रमित भएको देश मात्र हैन सबै भन्दा बढी ज्यान गुमाउने देश पनि हो। यो समाचार तयार पार्दा सम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ३७ हजार १ सय ५८ पुगेको छ । त्यसै गरि संक्रमितको संख्या पनि विश्व कै सबै भन्दा बढी ७ लाख १० हजार २१ पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या अत्यन्तै न्यून ६० हजार ५ सय १० मात्र रहेको छ ।

अमेरिकामा शुक्रबार २ हजार ५ सय ३५ को ज्यान गएको थियो । त्यस्तै बिहिबार २ हजार १ सय ७६ र बुधबार एकै दिन २ हजार ६ सय १८ जनाको ज्यान गएको छ । त्यस्तै गत मंगलबार नया रेकर्ड राख्दै ६ हजार १ सय ८५ जनाको ज्यान गएको थियो ।

त्यस्तै नया संक्रमितको संख्या पनि अमेरिकामा अझै घट्दो छैन । हिजो शुक्रबार अमेरिकामा ३२ हजार १ सय ६५ भन्दा बढी नया संक्रमित भेटिएका थिए । त्यस्तै बिहिबार २९ हजार ५ सय ६७ र बिहिबार ३० हजार ३ सय ४२ नया संक्रमित भेटिएका थिए ।

अमेरिकाको इपिसेंटर मानिएको न्युयोर्कमा अहिले सम्म सबै भन्दा बढी  १७ हजार १ सय ३१ जनाको ज्यान गैसकेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ३३ हजार ९ सय ५१ पुगेको छ ।

त्यसै गरि सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख ९० हजार ८ सय ३९ र १ लाख ७२ हजार ४ सय ३४ जनामा संक्रमण देखिएको छ । सबै भन्दा धेरै ज्यान गुमाउने दोस्रो देश भने इटाली रहेको छ। जहाँ यो समाचार तयार पार्दा सम्म २२ हजार ७ सय ४५ जनाले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने तेश्रो देश स्पेन रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १० हजार २ जनाको ज्यान गैसकेको छ ।

कोरोना भाइरसका कारण छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म ४८६ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १४ हजार ३ सय ५२ पुगेको छ । हिजो शुक्रबार ३८ जनाको ज्यान गएको थियो । त्यस्तै भारतमा हजारको वरिपरी नया संक्रमित फेला परिरहेका छन ।

नेपालमा पनि ३० जनालाई कोभिड-१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन । बाकी २९ जनाको उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दा सम्म विश्वभर सक्रमितको संख्या २२ लाख ५० हजार ७ सय ५१ पुगेको छ । त्यस्तै ज्यान गुमाउनेहरुको संख्या १ लाख ५४ हजार २ सय ६१ पुगेको छ ।

पुरा देशको तालिका तल हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस