आज थप ३ जनामा कोरोना पोजिटिभ, जम्मा संख्या ४५ पुग्यो


काठमाडौँ, ९ बैशाख । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परिक्षणमा तिन जनामा कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित मिडिया ब्रिफिङमा यसको पुष्टि गरेको हो ।

तिन संक्रमितहरुमा २४ वर्षीय पुरुष, ६० वर्षीय पुरुष र ७२ वर्षीय पुरुष रहेका छन । उनीहरुलाई अस्पतालमा भर्ना गर्न तयारी भइरहेको मन्त्रालयले जनाएको छ । यो संगै कुल संक्रमितको संख्या ४५ जना पुगेको छ । जसमध्य ७ जना निको भएर घर फर्किएका छन भने बाकी ३८ जना उपचाररत छन ।

प्रतिक्रिया दिनुहोस