कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो, संक्रमितको संख्या १० लाख नजिक


काठमाडौँ, २० चैत्र । कोरोना भाइरस कोभिड-१९ को संक्रमणले ज्यान गुमाउनेहरुको संख्या ५० हजार नाघेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना भाइरसले मृत्यु हुनेको संख्या ५० हजार २ सय ७८ जना पुगेको छ ।

त्यसै गरि विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या करिब दश लाखको हाराहारी पुगेको छ । यो समाचार तयार पार्दा सम्म संक्रमितको संख्या ९ लाख ८२ हजार २ सय ७ जना पुगेको छ ।

सबै भन्दा बढी मृत्यु हुनेमा इटाली रहेको छ । जहाँ १३ हजार ९ सय १५ जनाको ज्यान गइसकेको छ । त्यस्तै सबै भन्दा बढी संक्रमित भने अमेरिकामा २ लाख २७ हजार ६१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस