कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या ५३ हजार नाघ्यो, संक्रमितहरु १० लाख बढी


काठमाडौँ, २१ चैत्र । कोरोना भाइरस कोभिड-१९ को संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेहरुको संख्या ५३ हजार नाघेको छ । यो समाचार तयार पार्दा सम्म जम्मा मृत्यु हुनेको संख्या ५३ हजार २ सय पुगेको छ ।

त्यसै गरि विश्वभर संक्रमित हुनेको संख्या पनि १० लाख नाघेको छ । यो समाचार तयार पार्दा सम्म जम्मा कोरोना भाइरस संक्रमित १० लाख १५ हजार ६ सय ६७ पुगेको छ ।

सबै भन्दा बढी संक्रमित संयुक्त राज्य अमेरिकामा रहेका छन । जहा अहिले सम्म २ लाख ४५ हजार ८० जनालाई भाइरसको संक्रमण पुष्टि भएको छ । तर सबै भन्दा बढी ज्यान गुमाउने देशमा भने इटाली रहेको छ । जहा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ पुगेको छ ।

सबै भन्दा बढी ज्यान गुमाउने दोस्रो देश स्पेन रहेको छ । जहा १० हजार ३ सय ४८ जनाले ज्यान गुमाईसकेका छन । तेस्रो देशमा भने अमेरिका रहेको छ । जहा अहिले सम्म ६ हजार ७५ जनाले ज्यान गुमाई सकेका छन ।

चौथो देशमा युरोप कै अर्को राष्ट्र फ्रान्स रहेको छ । जहा ५ हजार ३ सय ८७ ले ज्यान गुमाई सकेका छन ।

सबै भन्दा बढी संक्रमित पुष्टि भएको दोस्रो देश भने इटाली रहेको छ । जहाँ अहिले सम्म १ लाख १५ हजार २ सय ४२ जनालाई कोरोना संक्रमण भएको छ । त्यसै गरि तेस्रो स्थानमा युरोपकै अर्को देश स्पेन रहेको छ । जहाँ १ लाख १२ हजार ६५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ । चौथो स्थान पनि युरोप कै अर्को राष्ट्र जर्मनी रहेको छ । जहाँ ८४ हजार ७ सय ९४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । तर अचम्मको कुरा जर्मनीमा अन्य देशको तुलनामा मृत्युदर अत्यन्तै न्युन छ । जर्मनीमा अहिले सम्म ज्यान गुमाउनेको संख्या मात्र १ हजार १ सय ७ जना रहेको छ ।

कोरोना भाइरसको उद्गमस्थल चिनको वुहानमा भने संक्रमण लगभग समाप्त भएको अवस्था छ । जहाँ थोरै संख्यामा मात्र नया संक्रमित भेटिएका छन् । संक्रमित मध्ये पनि सबै निको भएर घर फर्कीसकेका छन । हाल आइसोलेसनमा उपचाररत भने मात्र १ हजार ७ सय २७ मात्र रहेका छन ।

प्रतिक्रिया दिनुहोस