विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५९ हजार नाघ्यो, छिमेकी राष्ट्र भारतमा पनि ७२ को मृत्यु, संक्रमितको संख्या बढ्दै


काठमाडौँ, २२ चैत्र । कोरोना भाइरस कोभिड-१९ को संक्रमणले विश्वभर ज्यान गुमाउनेहरुको संख्या ५९ हजार १ सय १६ पुगेको छ । त्यसै गरि विश्वभर संक्रमितको संख्या १० लाख ९८ हजार ४ सय ३४ पुगेको छ ।

हाल सम्म भाइरसलाई जितेर निको भएकाहरुको संख्या भने मात्र २ लाख २८ हजार ९ सय २३ जना रहेको छ ।

कोरोना भाइरसको संक्रमण सबै भन्दा बढी संयुक्त राज्य अमेरिकामा देखिएको छ । त्यहाँ यो समाचार तयार पार्दा सम्म २ लाख ७७ हजार १ सय ६१ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । त्यसै गरि त्यहाँ ज्यान गुमाउनेको संख्या ७ हजार ३ सय ९२ जना पुगेको छ । त्यसै गरि ५ हजार ७ सय ८७ जना चिन्ताजनक अवस्थामा रहेका छन ।

सबै भन्दा धेरै संक्रमित र मृत्यु हुने दोस्रो र तेस्रो देशमा युरोपियन राष्ट्र इटाली र स्पेन रहेका छन । जहा क्रमश १ लाख १९ हजार ८ सय २७ र १ लाख १९ हजार १ सय ९९ संक्रमित छन् भने क्रमस १४ हजार ६ सय ८१ र ११ हजार १ सय ९८ जनाको मृत्यु भइसकेको छ ।

सबै भन्दा धेरै संक्रमितको चौथो स्थानमा युरोपकै अर्को राष्ट्र जर्मनी रहेको छ । जहा हाल सम्म ९१ हजार १ सय ५९ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । तर आश्चर्य रुपमा त्यहाँको मृत्युदर भने देह्रै कम छ । जर्मनीमा हाल सम्म मात्र १ हजार २ सय ७५ जनाको मृत्यु भएको छ ।

छिमेकी राष्ट्र भारतमा पनि यो समाचार तयार पार्दा सम्म ७२ जनाले ज्यान गुमाई सकेका छन । त्यहा सक्रमितको संख्या २ हजार ५ सय ६७ जना पुगेको छ । यसअघिनै भाइरसको संक्रमण रोक्न भारत साकारले २१ दिने लकडाउन घोषणा गरिसकेको छ ।

अन्य देशको विवरण तलको तस्विरमा हेर्न सक्नु हुनेछ :

०००

यो पनि

कोरोनाभाइरस प्रकोपका समय जन्मिएका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’

रायपुर, २१ चैत । भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहामध्ये नावालकको नाम ‘कोरोना’ र नावालिकाको नाम ‘कोभिड’ राखिएको छ ।

यी दुई शब्दले अरूको दिमागमा डर वा भय उत्पन्न गर्न सक्छ तर रायपुरका दम्पतीका लागि कठिनाइमाथि विजयको प्रतीक रहने छ । कोरोभाइरस सङ्क्रमणका कारण लागू भएको राष्ट्रव्यापी तालाबन्दीमा जन्मेका उनीहरू अस्पतालबाट घर फर्किसकेका छन् ।

उनीहरूका अभिभावक प्रीति वर्मा (आमा) र शुभ्र सिंह (बावु) ले विश्वले भोगिरहेको अप्ठ्यारो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन आफ्ना जुम्ल्याहा सन्तानको नाम त्यसरी राखेको बताएका छन् । जुम्ल्याहाकी आमाले कोरोनाभाइरस सङ्क्रमणको समयमा अस्पतालमा भर्ना भएपछि सङ्क्रमणको भयका कारण बच्चा जन्माउँदा र त्यसपछिका केही दिन निकै कठिनाइ भएको बताउनुभयो । उहाँले अस्पतालको कुशल व्यवस्थापनका कारण आफूहरू सुरक्षित घर फर्किएकोमा उहाँले रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पताल र आफ्नो सेवामा सम्लग्न स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद दिनुभयो ।

“हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान् यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ ।” चैत १३ (मार्च २६)का दिन आफूलाई प्रसव व्यथा लागेको कोभिड र कोरोनाकी आमाले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । एक दिनपछि अर्थात् १४ (मार्च २६) गते जुम्ल्याहा जन्मिएका थिए ।

वर्माले भन्नुभयो, “लकडाउनका कारण सडकमा कुनै सवारी चलाउन अनुमति नहुने हुँदा हामीलाई प्रहरीले विभिन्न स्थानमा रोकेको थियो तर उनीहरू (सुरक्षकर्मी) ले मेरो अवस्था देखेपछि अवरोध गरेनन् । अस्पताल जान पाइयो ।
मध्यरात भएको कारण अस्पतालमा के हुने होला भनेर म सोचिरहेको थिएँ तर सौभाग्यवश चिकित्सकहरू र अन्य स्टाफहरू निकै सहयोग गर्नुभयो । हामी आज खुशी छौँ ।”

“यो भाइरस खतरनाक छ, तर यसकै कारण मानिसहरूले स्वास्थ्य र राम्रो आनीबानीमा ध्यान दिन जोड दिइरहेका छन् । त्यही भएर हामीले यी नाम छानेका हौँ ।”

अस्पतालका कर्मचारीलेहरूले ती जुम्ल्याहा जन्मिएलगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको जनाएका छन् । ती दम्पतीको स्थायी घर उत्तर प्रदेशमा रहेको भएपनि पछिल्ला केही वर्षदेखि छत्तिसगढ राज्यको राजधानीको पुरानो बस्ती क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन् । रासस÷पीटीआई

प्रतिक्रिया दिनुहोस