वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सर्बसाधारणलाई सरकारको आह्वान


काठमाडौं, २३ वैशाख । सरकारले कोरोना भाइरस रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको सम्मानमा वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सर्बसाधारणलाई आह्वान गरेको छ ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले वैशाख २५ गते वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरेको एक मन्त्रीले जानकारी दिए ।

आजै बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । तर थप कति दिन लकडाउन लम्ब्याउने भन्ने निर्णय भने बुधबार बस्ने मन्त्रि परिषदको बैठकले गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस