फेरी थप २० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो


काठमाडौँ, ९ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट नेपालमा थप २० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमा कैलाली जानकी गाउँपालिकाका १९,२३ र २६ वर्षीय पुरूष,डडेल्धुराका २८ वर्षीय पुरूष, बैतडीका शिवनाथ-१ का २२ वर्षीय पुरूष र बाँकेका १८ देखि ६१ वर्षका पुरूषमा संक्रमण देखिएको हो। मोरङ रतुवामाई- २ का ४१ वर्षीय पुरूष रहेका छन ।

आज बिहानै ३० जना संक्रमित थपिएका थिए। यो संगै नेपालमा संक्रमितको संख्या ५०७ जना पुगेको छ । यस मध्ये ७० जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस