कोरोनाबाट चौथो व्यक्तिको मृत्यु


काठमाडौं, १२ जेठ। कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आज बेलुकाको नियमित पत्रकार सम्मेलनमा पुष्टि गरेको छ ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा गत जेठ ४ गते बाराको करैयामाई गाउँपालिका-७ उम्जन निवासी ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । सास फेर्न गारो भएर गत जेठ २ गते अस्पताल भर्ना भएका उनको चार गते मृत्यु भएको हो ।

उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ । यो संगै नेपालमा कोरोनाबाट मृतकको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस