आज एकै दिन थप १७० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १,२१२


काठमाडौँ, १६ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट आज एकै दिन थप १७० जनामा संक्रमण पुष्टि भएको छ । यी संक्रमितहरु १६२ जना पुरुष र ८ जना महिला रहेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा यसको पुष्टि गरेको हो । संक्रमितहरुमा कोशी अंचल अस्पतालमा गरिएको परिक्षणमा २७ जना, धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ५ जना, नारायणी अस्पतालमा गरिएको परिक्षणमा ९ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा १ जना, गण्डकी अस्पतालमा गरिएको परिक्षणमा १ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा १० जना, भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ६ जना, राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ८४ जना, रुपन्देही प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १६ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिस्ठानमा ११ जना रहेका छन ।

यो संगै नेपालमा ५२ जिल्लामा कुल १,२१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्म कोरोना भाइरसलाई जितेर २०६ जना घर फर्कीसकेका छन । अहिले सम्म मृत्यु हुनेको संख्या ६ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस