आज एकै दिन थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १,५६७ पुग्यो


काठमाडौँ, १८ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट आज आइतबार थप १६६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १६२ जना पुरुष र ४ जना महिला रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गरिने नियमित पत्रकार सम्मेलनमा यसको पुष्टि भएको हो ।

संक्रमितहरुमा पोखरामा गरिएको परिक्षणमा ३ जना, नारायणी अस्पताल बिरगंजमा गरिएको परिक्षणमा ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३७ जना, सुर्खेतमा गरिएको परिक्षणमा २६ जना, धुलिखेलमा गरिएको परिक्षणमा १ जना, भेरी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा ८ जना, धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा गरिएको परिक्षणमा १२ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा ५ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा ५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा ६४ जना रहेका छन ।

यो संगै नेपालमा कोरोना सनकमान पुष्टि हुनेको संख्या १,५६७ पुगेको छ । कोरोनालाई जितेर निको हुनेको संख्या २२० पुगेको छ । निको हुनेहरुमा पुरुष १७२ जना र महिला ४८ जना रहेका छन । त्यस्तै मृतकको संख्या ८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस