गायिका सुनिता थेगिमको ‘मलाया हङकङ’ सार्वजनिक


काठमाडौं, २७ जेठ । गायिका सुनिता थेगिम र गायक तथा संगीतकार कृष्णभक्त राइको स्वरमा रहेको गीत ‘मलाया हङकङ’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियो रेन्वो रेज मिडिया च्यानलबाट सार्बजनिक गरिएको छ ।

जीत लिम्बूको शब्द तथा संगीत रहेको गीतमा गायक स्वंम राइको एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । पूर्वेली लयमा रहेको यो गित सार्बजनिक भए वित्तिकै धेरैले रुचाएका छन ।

निर्भिक राई र सोनिया लिम्बूको अभिनय रहेको भिडियोमा प्रकाश लिम्बूको निर्देशन रहेको छ भने छायांकन बिबी लिम्बू र डम्बर राइले गरेका छन् । बिबी लिम्बू र पर्शुराम थलङको सम्पादन रहेको छ भने कोरियोग्राफर दिनेश माङमुले गरेका हुन् ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस