पत्रकार बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ सार्वजनिक


काठमाडौँ, १४ साउन । पत्रकार तथा गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । गीतकार क्षितिज समर्पणको शब्द र सङ्गीतकार राजकुमार शाहीको सङ्गीत संयोजन रहेको सो गीत एक्का कम्पनीको युट्युब च्यानलमार्फत मङ्गलबार सार्वजनिक गरिएको छ ।

सञ्जय हमालले एरेन्ज गर्नुभएको उक्त गीतको सम्पादन पनि राजकुमारले नै गर्नुभएको छ । डान्सिङ विधाको गीत युवायुवतीको मायाप्रेममा आधारित छ । गायिका बराल, रचनाकार क्षितिज समर्पण र सङ्गीतकार शाही पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । बरालले यसअघि ‘लभ पर्न सक्छ’ बोलको गीतमा स्वर दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस